टिपरको ठक्करबाट महिलाको मृत्यु

भक्तपुर : भक्तपुरको चित्तपोलमा आज टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-१० स्थित नलिञ्चोकबाट चित्तपोलतर्फ जाने भित्री सडकमा बा४ख ९८१० नंको टिपरले मे८प ८३९७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको हो ।
टिपरको ठक्करबाट घाइते भएकी सोलुखुम्बु दूधकुण्ड गाउँपालिका-११ घर भई हाल काठमाडौँ हात्तीगौडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घाइते कार्कीलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
घटनामा मृतकका छोरा मोटरसाइकल चालक ३४ वर्षीय प्रकाश कार्की सकुसल रहेको गिरीले बताए । घाइते महिलालाई प्रहरी सहायक निरीक्षक रवीन्द्र थापा नेतृत्वको सिआरभी टोलीले उद्धार गरी अस्पताल लगिएको थियो । प्रहरीले घटनामा संलग्न दुवै सवारी साधन र टिपरका चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३ बस्ने २३ वर्षीय सुनिल तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको जनाएको छ । (रासस)
रसुवामा रहेका व्यापारी भन्छन्- गाडि जोगाउन खोज्दा ड्राइभरहरू बगेका छन्, छिट्टै …
_6MQQ8b1TiU_bpd8dhkc22gymz67fhhtyl3a8tybbgvc0mvzk3e5v1npockl5pro1k7ucvt8_AnRI17hUUt_cuoprjt6cfjou24cum7exeuobewdnomdsvsvpxctui33rxjzdqubucoidzfc.jpg)
रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो, गाडीहरू पनि बगायो (तस्बि…

कन्याले बिग्रिएको सम्बन्ध सुधार गर्न सक्ने, वृश्चिकको आम्दानी प्रशस्तै बढ्ने

शिकारीबासमा फोन गर्न रुख चढ्नुपर्ने !

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

प्रतिक्रिया