सातवटा लेख समेट्दै यज्ञशले निकाले ‘परदेशको पसिना’

काठमाडौं– पछिल्ला वर्षहरुमा नेपाली समाजलाई सर्वाधिक प्रभावित पारेको परिघटना हो– वैदेशिक रोजगारी । अनि, नेपाली समाज र अर्थतन्त्रलाई सर्वाधिक चलायमान बनाउने तत्व हो– ‘रेमिट्यान्स’ । वैदेशिक रोजगारी र रेमिट्यान्सका अर्थ–सामाजिक आयामलाई समेटेर लेखिएको पुस्तक ‘परदेशको पसिना’ सार्वजनिक भएको छ ।
किताब पब्लिसर्सले बजारमा ल्याएको यो पुस्तकको सम्पादन लेखक तथा पत्रकार यज्ञशले गरेका छन् । पुस्तकमा वैदेशिक रोजगारीको इतिहास, रेमिट्यान्सबाट प्राप्त धनको वर्तमानमा समाजमा महत्व, रेमिट्यान्सको प्रयोगबारे स्थापित मान्यता र अवधारणामाथि प्रश्न, वैदेशिक रोजगारीमा जानेहरुको अवस्था, वैदेशिक रोजगारीमा महिला, दलित समुदायको आर्थिक उत्थानमा यसको भूमिका, वैदेशिक रोजगारीबारे सरकारी नीतिजस्ता विषयमा चर्चा गरिएको छ।
विभिन्न अध्ययन, अनुसन्धान र उपलब्ध तथ्यांकहरुका साथमा सम्बन्धित विषयका विज्ञ र ज्ञाताहरुसँग कुराकानीसमेत गरेर तयारी पारिएका मैना धिताल, राजाराम गौतम, तुलानारायण साह, रमेश कुमार, सजना बराल, रामचन्द्र श्रेष्ठ र जनकराज सापकोटाका सातवटा लेखहरु पुस्तकमा छन्।
‘देशको अर्थतन्त्रमा कुल ग्राहस्थ उत्पादनको अनुपातमा एक चौथाई योगदान भएको, मानव विकास सूचकांकलगायतका सामाजिक–आर्थिक विकासमा ठूलो योगदान भएको र देशमा विकराल बेरोजगारी समस्यालाई निकास दिने वैदेशिक रोजगारीका धेरै आयामबारे चर्चा हुनुपर्नेजस्तो लाग्छ,’ पुस्तकबारे सम्पादक यज्ञशले भने, ‘यो पुस्तकमा यसबारे केही तथ्यपरक विश्लेषणको प्रयास गरिएको छ ।’

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_J9a15isq4d_ps4imxybserqtjeyrywek2mjhtnlunoowq8mbohklwnx3m0zdtkz4kgj6yq6.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया