बुढासुब्बा डिजिटल ह्याक प्रकरण : च्यानल फिर्ता आयो नाम आएन

काठमाडौँ - बिहीबार राति ह्याकरमा कब्जामा परेको बूढासुब्बा डिजिटल फिर्ता भएको छ । च्यानल भित्र रहेका भिडियो फिर्ता आए पनि नामभने अझै फिर्ता भएको छैन । अहिले पनि च्यानलको नाम इथिरम देखाउँछ । इथिरम क्रिप्टोकरेन्सी को एउटा नाम हो ।
बूढासुब्बा डिजिटलका म्यानेजर विश्व खड्काले आफूहरूलाई च्यानल ह्याक भएको जानकारी बिहान मात्र पाएको तर तर त्यसलगत्तै गुगलसँग कुरा गर्दा कन्टेन्ट फिर्ता ल्याउन सफल भएको बताए । उनले च्यानलको नाम फिर्ता आउन बेलुकीसम्म लाग्न सक्ने बताए ।
‘हामी गुगलसँगै निरन्तर सम्पर्कमा रहेर च्यानलमा पहिलेकै स्वरुपमा ल्याउन प्रयास गरिरहेका छौँ । बेलुकासम्ममा सकिन्छ होला,’ उनले भने । उनले भिपिएन प्रयोग गरेर ह्याक भएकाले कहाँबाट ह्याक भयो भन्ने कुराको जानकारी पाउन नसकिएको बताए । ‘थुप्रै लोकेसन देखाउँछ । यसले भिपिएन प्रयोग गरेको भन्ने हाम्रो विश्लेषण छ । अब आत्तिनु पर्ने अवस्था छैन । अहिले सबैकुरा हाम्रो नियन्त्रणमा आइसकेको छ ,’ विश्वले भने ।
बिहीबार बिहान उड्दा बुढासुब्बाको ठाउँमा क्रिप्टोकरेन्सीको लाइभ चलिरहेको देखेपछि च्यानल ह्याक भएको सूचना फैलिएको थियो । ६० लाख हाराहारी सब्स्क्राइबर भएको च्यानलमा ११ हजार बढी नेपाली फिल्म तथा गीत संगीतसँग सम्बन्धित भिडियो थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया