बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु

जनकपुरधाम- जनकपुरधाममा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।बिहिबार बिहान जनकपुरधाम उपमहानगरपालिका १४ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय नजिक पुष्पबाटिका स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका ३५ वर्षीय मनोज लामिछानेको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

जनकपुरधामबाट महेन्द्रनगरतर्फ जाँदै गरेको प्र–२–०३–००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउने क्रममा मृत्यु भएकाे धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए। उनका अनुसार उपचारको लागि प्रादेशिक अस्पतालमा लग्दा चिकित्सकले मृत घाेषणा गरेकाे थिए । ठक्कर दिने बस नियन्त्रणमा लिइएकाे छन भने चालक फरार भएपनि उनकाे खोजी भइरहेको तथा यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।