साहारा एप : आफ्नो कमाई सबै आफैले राख्न पाउने

काठमाडौं– सहारा एपमार्फत राईड सेयरिङ गर्दा राईडरले आफ्नो कमाइको पैसा आफै राख्न पाउने भएका छन् ।
राइड सेयरिङ एप ‘साहारा एप’ ले राइडरसँग कमिसन नलिने घोषणासँगै राइडरको आर्कषण थप बढेको कम्पनीले जनाएको छ ।
कम्पनीले सेवाग्राही र राइडरको हितमा विभिन्न योजनाहरु ल्याउँदै आएको छ । साहारा एपको बाइक र ट्याक्सी चलाएर महिनाको ६० हजार भन्दा बढी कमाउने राइडरहरु पनि रहेको कम्पनीले जनाएको छ ।
एप चलाउन सजिलो हुनुका साथै निशुल्क तालिम, कमिशन दिनु नपर्ने र आनन्दले आम्दानी गर्न सकिने राइडरहरु बताउँछन् । नेपालीले नै निर्माण र सञ्चालन गरेको यस एप पछिल्लो समय ग्राहक र राइडरको पहिलो रोजाइमा पर्ने गरेको छ । थप विशेषतासहित अन्य सुविधा पनि थप्दै जाने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

प्रतिक्रिया