नयाँ वर्षमा टिसिएलको आकर्षक योजना

काठमाडौँ- टिभी ब्राण्ड टिसिएलले 'नयाँ बर्षको टिसिएलमय सुरुवात' योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्टको र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजना चैत्र ११ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले टेलिभिजनको खरिदमा ५९ हजार सम्मको छुट पाउन सक्नेछन् । कर्भ्ड टेलिभिजनको खरिदमा १९ हजारको छुटका साथै १ थान टिभी स्टिक उपहार पनि पाउन सक्नेछन्। त्यस्तै वासिङ मेसिन खरिदमा २७ हजार ४ सयसम्मको छुटका साथै ६ केजीको एरिअल वासिङ पाउडर उपहार पनि पाउन सक्नेछन्। र रेफ्रिजेरेटर खरिदमा ३३ हजार ४ हजारको छुटका साथै केन्टको ओजोन एअर प्युरिफाएर उपहार पनि पाउन सक्नेछन्।
त्यसै गरी एअर कन्डिसनर्स खरिदमा ५३, हजार ७ सयसम्मको छुटका साथै ४ हजार रूपैयाँ बराबरको निशुल्क एसी जडान सुबिधा पनि पाउन सक्नेछन्। साथै वाटर डिस्पेन्सरको खरिदमा ४ हजार ९ सयसम्मको छुट र चेस्ट फ्रिजरको खरिदमा १४ हजार ८ सय सम्मको छुट पाउन सक्नेछन्।
यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ। नेपाल अधिराज्य भर टिसिएल ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी इओएल रहेको छ ।
सीजी इलेक्ट्रोनिक्स सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।

कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

नेपाली बजारमा थपियो राइड सेरिङ प्लाटफर्म याङ्गो

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_W3RUVUhbXy_0d3eonlwloyua7vaib5iyrntziyhsgjm2wtpahgggqc16lq7egdemiyysq8h.jpeg)
प्रतिक्रिया