न्वारनको नाम ट्रोलमा परेपछि करिष्माको व्यंग्य –नामले पोलेर भिटामिन डी पाइयो, राम्रै भयो

काठमाडौँ - करिष्मा मानन्धरको एमाले प्रवेशले त्यति तरङ् ल्याएन जति उनको एउटा भाषणले ल्यायो । एमाले प्रवेश लगत्तै अध्यक्ष केपी शर्मा ओलीसँग देश दौडाहामा निस्किएकी करिष्माले सोमबार कपिलवस्तुमा गरेको एउटा सम्बोधनमा आफूलाई एमालेको विचार सिद्धान्त राम्रो लागेको मात्र होइन आफ्नो न्वारनको नाम नै सूर्यकुमारी भएकाले आफू जन्मजात एमाले रहेको उनको जिकिर गरेकी थिइन् ।
तर करिष्माको यो अभिव्यक्ति ट्रोलरका लागि भने खुराक बन्यो । कतिले त नयाँ जोगीले धेर खरानी खस्छ भन्ने उखान करिष्मातिर तेस्र्याउँदै करिष्मा जता गयो त्यतै ठिक्क पर्ने प्रवृत्तिको मानिस भन्दै उनलाई उडाए । सामाजिक सञ्जालमा राम्रै समय बिताउने करिष्मालाई भने मानिसहरूको यो टिप्पणी मन परेनछ क्यारे, बिहीबार अफिस टाइममा उनले पनि आलोचकलाई व्यंग्य कसिन् ।‘ सूर्य कुमारी मेरो न्वारानको नाम थाहा पाउदा धेरैलाई पोल्यो , भिटामिन डि प्राप्त भयो ।
राम्रो हो,’ उनले लेखिन् । यता केपी ओलीको उल्कै चाकडी गरिरहेको टिप्पणी गरिरहँदा यहाँ पनि उनले त्यसको प्रमाण दिन पकि चुकिनन् । आफ्ना दुई फोटोसहित करिष्माले केपी ओलीको फोटो पनि पोस्ट गरेकी छिन् जहाँ न केपी ओलीको फोटो राख्नुको कुनै तुक देखिन्न । अब केपी ओली नै सूर्य हुन् भन्न खोज्या भए बेग्लै कुरा नत्र भने करिष्माले आलोचकलाई व्यंग्य गर्न खोजेको त बुझिन्छ तर यसो गर्नलाई केपी ओलीको फोटो किन चाहियो भन्ने चाहिँ बुझिन्न । हुन त नेताको कुरा जनताले कहिले पो बुझेका छन् र ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया