रासफोर्डलाई जातीय दुर्व्यवहार गर्ने १९ वर्षीय युवालाई जेल

काठमाडौं – इंग्ल्यान्डका फुटबल खेलाडी मार्कस रासफोर्डलाई जातीय दुर्व्यवहार गरेको आरोपमा एक युवालाई ६ हप्ताको जेल सजाय सुनाइएको छ ।
१९ वर्षीय जस्टीन ली प्राइसले गत वर्ष युरोपियन च्याम्पियसिपको फाइनलपछि सामाजिक सञ्जालमार्फत रासफोर्डलाई दुर्व्यवहार गरेका थिए । वरसेस्टरका प्राइसलाई किन्डरमिनिस्टर मजिस्ट्रेट्स कोर्टले ६ हप्ताको सजाय सुनाएको हो ।
म्यान्चेस्टर युनाईटेडका स्ट्राइकर रासफोर्डले इटालीविरुद्धको फाइनलमा इंग्ल्यान्डका लागि पेनाल्टीमा गोल गर्न नसकेपछि प्राइसले ट्वीटरमार्फत जातीय दुर्व्यवहार गरेका थिए ।
दुर्व्यवहारबारे रिपोर्ट गरिएपछि प्राइसले आफ्नो ट्वीटरको नाम परिवर्तन गरेका थिए भने प्रहरीले सुरुवातमा सोधपुछ गर्दा उनले उक्त आरोप अस्विकार गरेका थिए । तर पछि उनले उक्त ट्वीट पोस्ट गरेको स्वीकार गरे ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया