बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

एक लाख राशिको कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट किशोर नेपाल सम्मानित

काठमाडौं - वरिष्ठ पत्रकार किशोर नेपाल कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । 

रिपोर्टस क्लव नेपालले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार नेपाललाई सम्मान गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकार नेपाललाई सम्मान गरेका हुन् ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकाे नामबाट क्लबले कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारलाई सम्मान गर्दै आएकाे छ ।  

एक लाख रुपैयाँ र ताम्रपत्रसहित पत्रकार नेपाललाई सम्मान गरिएको हो ।