एकै साता दुई फिल्ममा हिमेश पन्त

काठमाडौँ- कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त एकै साता दुई फिल्ममा अनुबन्ध भएका छन् । च्याम्पियनको विजेता भएर पनि अवसर नपाएको भन्दै आफैँले आफूलाई रोस्ट गर्दै आएका पन्तले केही दिन अघि मिलन चाम्सको फिल्म 'वरवधु' साइन गरेका थिए । यसको केही दिनपछि नै उनले 'शमशेर' नामको फिल्म साइन गरेका हुन् ।
अभिनेता मनिष राउत र गौरव पहारीको मुख्य भूमिका रहने सिनेमा 'शमशेर'मा हिमेश पन्त र अभिनेता सुमन गौतम अनुबन्धित भएका हुन् । हाल सिनेमाको लागि मूख्य अभिनेत्रीको खोजी भैरहेको निर्माण टिमले जनाएको छ ।
एक्सन जनरामा निर्माण गरिनेमा फिल्ममा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको व्यानरको लगानी रहनेछ । सिनेमामा अभिनय गर्न लागेका हिमेश र सुमनको भूमिका कस्तो रहनेछ भन्ने चाहिँ खुलाइएको छैन् । सार्वजनिक लुक्समा उनीहरुलाई निकै फरक चरित्रमा प्रस्तुत गर्न लागिएको बुझ्न सकिन्छ ।
सिनेमाको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ । सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने सिनेमामा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ । राकेश दाहालको पोस्टर डिजाइनर रहेको सिनेमाका गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया