फेवातालको मापदण्ड ३० मिटर कायम

पोखरा - पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले पोखरा नगरपालिकाभित्र रहेको तालको नयाँ मापदण्ड कायम गरेको छ । बुधबार बसेको बैठकले फेवातालको मापदण्ड ३० मिटरसहित बाँकी ८ वटा मापदण्ड तोकेको हो ।
उपत्यका नगर विकास समितिको प्रतिवेदनमा कायम गरिएको ६५ मिटर मापदण्डलाई घटाएर ३० मिटर कायम गरिएको हो । मापदण्ड तोक्नका लागि वडा नम्बर १७ का अध्यक्ष तीर्थ अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो ।
समितिले लिएको सुझावका आधारमा मापदण्ड तोकिएको संयोजक अधिकारीले जानकारी दिए । ‘फेवातालको सबै मापदण्डमा एकरूपता हुनुपर्छ, फरक फरक हुँदा विरोध आउँछ भनेर हामीले १८/२० वटा रिपोर्टहरूलाई हेरेर बनाएको प्रतिवेदनलाई कार्यपालिकाले सर्वसम्मत पातिर गरेको छ,’ उनले भने ।
उपत्यका नगर विकास समितिले यसअघि ताल विकासका लागि भन्दै नजिकका जग्गा रोक्का राख्ने निर्णय गरेको थियो । तर जग्गाधनीहरूले भने अन्याय भएकोले फुकुवाको माग गरेका थिए ।
कार्यपालिका बैठकले बेगनास र रुपातालको मापण्दड ५५ मिटर कायम गरिएको छ । सरकारले यि तालहरुको मापदण्ड १ सय मिटर तोकेको थियो । तर स्थानीयलाई असर पर्ने भन्दै ५५ मिटरमा झारिएको हो ।
अरु साना तालको मापदण्ड भने २० मिटर कायम गरिएको छ । योसँगै मापदण्ड भन्दा बाहिरका कित्ताको जग्गा फुकुवा गर्नका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय भएको छ ।

नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एक पक्राउ

सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

सामुदायिक वनद्वारा जीविकोपार्जनका लागि पञ्चेबाजा तालिम

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

दलित युवालाई उद्यमी बनाउन सीप सिकाउँदै तमानखोला गाउँपालिका
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_HcarxtzJiA_b4x6zs0xm4zuo2nalphwcjmcidxjwhfkxwoxrxr01u0hhlepeao4r2itbor2.jpg)
अत्यधिक वर्षा हुन सक्ने चिनियाँ प्रहरीले पठायो खबर, सिन्धुवासीलाई सतर्कता अपन…

प्रतिक्रिया