अखाद्य बस्तुको प्रयोगले बालबालिका बिरामी

जुम्ला – अखाद्य वस्तुको प्रयोगका कारण जुम्लाका निजीस्कुलमा अध्ययनरत बालबालिका बिरामी भएका छन् । पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका-५ देपालगाउँस्थित हिमाली बोर्डिङ स्कुलका विद्यार्थीले म्याद नाघेको ट्याङजुस खादा बिरामी परेका छन् ।
व्यापारीले जथाभाबी म्याद नाघेका अखाद्य वस्तु विक्रीवितरण गर्ने गरेका छन् । त्यही म्याद नाघेका अखाद्य बस्तु म्याद नाघेको ट्याङजुस खादा त्यहाँ अध्ययनरत बालबालिका बिरामी परेका हुन् ।
यहाँका ग्रामीण क्षेत्रतिर सञ्चालनमा रहेका साना बजारमा म्याद नाघेका अखाद्य वस्तु बढी पाइने गरेको छ । स्थानीय तहलाई बजार अनुगमन गर्ने र अखाद्य बस्तु नियमन गर्ने अधिकार भए पनि यस्ता विषयमा जनप्रतिनिधिले त्यति चासो दिने गरेको पाइँदैन । जसले गर्दा सहजै रूपमा नागरिकको भान्सामा अखाद्य वस्तु पुग्ने गरेको छ ।
त्यस्तै हिमाली बोर्डिङ स्कुलका प्रिन्सिपल मन्जील गिरीका अनुसार विद्यार्थीले म्याद नाघेको ट्याङजुस खाएका रहेछन् । उनले भने,‘पानीमा पनि केही समस्या हो कि भन्ने आशंका भएपछि पानी परीक्षण पनि गर्न थालिएको छ । त्यहाँ अध्ययनरत २६० मध्ये २५ जना विद्यार्थी बिरामी भए ।'
विद्यार्थीको पेट दुख्ने, टाउको दुख्ने समस्या देखिएको उनले बताए । उनले बुधबारदेखि आउँदो आइतबारसम्म विद्यालय बन्द गरिएको बताए । म्याद नाघेको ट्याङजुस अखाद्य बस्तु खाएपछि विद्यार्थी बिरामी परेको गुठीचौर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बालराम नेपालीले बताए । उनले औषधि खुवाएपछि अवस्था सामान्य भएको जानकारी दिए ।

नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एक पक्राउ

सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

सामुदायिक वनद्वारा जीविकोपार्जनका लागि पञ्चेबाजा तालिम

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

दलित युवालाई उद्यमी बनाउन सीप सिकाउँदै तमानखोला गाउँपालिका
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_DowYJIYkJp_rypgjwqulcl7me8joqinfol92cqlemstmcjayk7fevbkx4qj8sv3xnz2fi4u.jpg)
अत्यधिक वर्षा हुन सक्ने चिनियाँ प्रहरीले पठायो खबर, सिन्धुवासीलाई सतर्कता अपन…

प्रतिक्रिया