‘साहित्य समाजको आत्मा’

काठमाडौँ - पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दको ८४औँ वसन्त प्रवेशका अवसरमा अभिनन्दन तथा पुरस्कार वितरण गरिएको छ ।
नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावारी कैलाली काठमाडौँमा मङ्गलबार आयोजना गरेको कार्यक्रममा उक्त अभिनन्दन तथा पुरस्कार वितरण गरेको हो ।
प्रतिष्ठानले २०७५ सालको रु एक लाख राशिको मणिराज वाङ्मय पुरस्कार पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द र २०७६ सालको सोही पुरस्कार साहित्यकार डा तुलसी भट्टराईलाई प्रदान गरेको छ ।
त्यस्तै, गोदावारी प्रतिभा पुरस्कार दीपकप्रकाश बास्कोटालाई प्रदान गरिएको छ भने स्वामी खप्तड स्वामी सत्चितानन्द सरस्वती पुरस्कार सहित्यकार भरतराज पौडेललाई प्रदान गरिएको छ । साथै, शास्त्री देवराज आचार्य पुस्कार २०७६ प्राडा रामचन्द्र भट्ट र खड्गबहादुर प्रतिभा पुरस्कार लक्कीबहादुर चौधरीलाई प्रदान गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले कोरोना सङ्क्रमणको जोखिमका कारण विगत वर्षमा पुरस्कार वितरण तथा अभिनन्दन कार्यक्रम राखिएकाले यस वर्ष आयोजना गरेको बताए ।
सो अवसरमा पूर्वप्रधानमन्त्री चन्दले डा तुलसी भट्टराईद्वारा लिखित ‘सुनेको चीन देखेपछि’ नामक यात्रा वृत्तान्त पुस्तकसमेत लोकार्पण गरेका थिए ।
सो अवसरमा पूर्वप्रधानमन्त्री चन्दले साहित्य समाजको आत्मा भएकाले साहित्य विना मानव जीवन निरश हुने बताए । रासस
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया