छोराको आसमा आठ छोरी

मुगु - छाँयानाथ रारा नगरपालिका-१२ का रन्न ऐडी ४६ वर्षका भए । उनी श्रीमती भन्दा ठ्याक्कै तीन वर्ष कान्छा छन् । उनीहरूकाे विवाह भएकाे दुई दशकभन्दा बढी भयाे । याे बीचमा उनीहरूले आठ सन्तान जन्माएका छन् ।
उनीहरूले रेडियाे, टिभीमा बज्ने 'दुई सन्तान ईश्वरका वरदान' भन्ने विज्ञापन नसुनेका पनि हाेइनन् । थाेरै सन्तान भए जीवन सहज हुन्छ भन्ने थाहा नभएकाे पनि हाेइन । तर, छिमेकी र समाजले 'छाेरा नभएकाे' भनेकाे सुन्नबाट बच्न उनले आठ छाेरी पाइसकेका छन् । उनीहरू अझै पनि छाेरा पाउने आशमा छन् ।
सानै उमेरमा विवाह गरेका रन्न अर्काे वर्ष बाबु बनिहाले । त्यसयता हरेक डेढ दुई वर्षमा उनी बाबु बनिरहेका छन् । रन्नकी श्रीमती पनि छोराकै आसमा छिन् । छोरा भए बुढेसकालमा सुख पाइने, अर्काे जन्म पनि सफल हुने अन्धविश्वास ग्रामिण क्षेत्रमा अझै छ । यही अन्धविश्वाकाे शिकार बनिरहेका छन रन्न दम्पती ।
वर्षेनि जस्ताे परिवारमा खाने मुख र पेट बढ्ने तर आम्दानीकाे स्राेत जस्ताकाे तस्तै हुँदा उनीहरू संकटमा छन् । पाेषणयुक्त खानपान नहुँदा आमा र छाेरीहरू कमजाेर छन् । अहिले उनीहरूकाे साथमा सात छाेरी छन् । एउटी छाेरी जन्मने बित्तिकै बेतेका उनीहरू बताउँछन् ।
उनीहरूकाे जेठी छोरी २० बर्षकी भइन भने कान्छी तीन बर्षकी छिन् । जेठी छाेरीकाे विवाहवारी भइ दुई सन्तानसम्म पाइसकेकी छिन । उनले दुई छाेरी पाइसकेकी छिन् । उनी पनि अहिले माइतीमै छिन् ।
यी दम्पतिले छोराको आसमा के मात्रै गरेनन ? धार्मिक परम्पराअनुसार देवी, देवता, पूजा, पाठ, ज्याेतिषसँग मन्त्र जपाय । छोराकै आसमा दम्पतिले अहिलेसम्म परिवार नियोजनको अस्थायी तथा स्थायी साधन अहिलेसम्म प्रयोग नगरेको रन्न बताए ।
उनले छाेरीहरूलाई शिक्षाबाट भने बञ्चित पारेका छैनन । घर नजिकैकाे विद्यालयमा छाेरीहरूलाई पढ्न भने पठाउँछन् । उनकाे घर चलाउने मुख्य पेशा भेडा ब्यवसाय हाे । त्यहि भेँडा पालनबाट घर खर्च र परिवारकाे लालनपालनमा भइसकेकाे उनले बताए ।

नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एक पक्राउ

सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

सामुदायिक वनद्वारा जीविकोपार्जनका लागि पञ्चेबाजा तालिम

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

दलित युवालाई उद्यमी बनाउन सीप सिकाउँदै तमानखोला गाउँपालिका
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_DowYJIYkJp_rypgjwqulcl7me8joqinfol92cqlemstmcjayk7fevbkx4qj8sv3xnz2fi4u.jpg)
अत्यधिक वर्षा हुन सक्ने चिनियाँ प्रहरीले पठायो खबर, सिन्धुवासीलाई सतर्कता अपन…

प्रतिक्रिया