त्रिकोणात्मक सिरिजमा नेपाललाई मलेसियाको चुनौती

काठमाडौं - काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्नेछ । नेपाल र मलेसियाबीचको खेल त्रिवि क्रिकेट मैदानमा बुधबार १२ः३० मा सुरु हुनेछ ।
सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध १५ रनको जित हात पारेको नेपालले दोस्रो खेलमा मलेसियालाई पराजित गर्दै जितलाई निरन्तरता दिन चाहन्छ ।
नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले पनि टिमको उदेश्य भनेकै सिरिज जित्ने रहेको बताएका छन् । पीएनजीपछिको खेलपछि लामिछानेले मलेसियालाई कमजोर नठान्ने तथा योजना अनुसार खेल्ने बताएका थिए । नेपाली टिमका मुख्य प्रशिक्षक पुवुदु दासानायकेले भने मलेसियाविरुद्धको खेलमा युवाहरुलाई मौका दिने बताए ।
पछिल्ला खेलहरुमा दासानायकेले युवा खेलाडीहरुलाई टिममा मौका दिदै आएका छन्। र त्यसलाई निरन्तरता दिन चाहन्छन् । अर्कोतर्फ मलेसियाले पनि आफ्नो पहिलो खेलमा पीएनजीलाई मंगलबार ८ रनले पराजित गर्यो । र आफूलाई सिरिजको बलियो दावेदारको रुपमा उभ्याएको छ ।
मलेसियाका कप्तान अहमद फैजले सिरिज जित्ने लक्ष्य रहेको तथा सोही अनुसार तयारी गरिएको बताएका छन् । फैजले नेपाल तथा पीएनजीविरुद्ध खेल्न आफ्ना खेलाडीहरु उत्साहित समेत रहेको उल्लेख गरेका छन् । मलेसियाका मुख्य प्रशिक्षक विलाल असादले मलेसियाका खेलाडीहरु सफलताका लागि उत्साहित भएको तथा मलेसियाले सिरिज जित्ने दावी गरे ।
पछिल्ला वर्षहरुमा नेपाल मलेसियामाथि हावी हुदै आएको छ । नेपालले खेलका पछिल्ला ५ टी–ट्वान्टीमा मलेसियामाथि ४ पटक जित हात पार्दा केवल १ खेलमा मात्र पराजित भएको छ । त्रिवि मैदानमा भएको पछिल्लो खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको थियो ।
तर मलेसियाले पीएनजीविरुद्ध गरेको प्रदर्शन भने नेपालले मलेसियाविरुद्ध सजिलै जित हात पार्ने सम्भावना भने न्यून छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया