‘सशस्त्र द्वन्द्व पीडितलाई न्याय दिन सरकारले सकेन’

काठमाडौं – एम्नेस्टी इन्टरनेसनलले नेपालमा दश वर्ष चलेको सशस्त्र द्वन्द्वका पीडितलाई न्याय दिलाउन सरकारले नसकोको आरोप लगाएको छ ।
एम्नेस्टीले मंगलबार सार्वजनिक गरेको ‘एम्नेस्टी इन्टरनेसनल प्रतिवेदन २०२१/२२ः विश्वको मानवअधिकार अवस्था’ प्रतिवेदनमा पीडितहरुको उजुरीमाथि छानबिन गरी छिनोफाने गर्न समेत समेत सरकार चुकेको उल्लेख छ ।
‘१९९६ देखि २००६ सम्म चलेको सशस्त्र द्वन्द्वको क्रममा भएका अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका अपराध र अन्य जघन्य मानवअधिकार उल्लंघनका हजारौं पीडितहरुलाई सत्य, न्याय र परिपूरण प्रदान गर्न सरकारको असफलता जारी रह्यो,’ एम्नेस्टीले प्रतिवेदनमा भनेको छ ।
पीडितहरुबाट ६० हजारभन्दा बढी उजुरी संकलन गरिसक्दा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले एउटा उजुरीको पनि छिनोफानो गर्न नसकेको एम्नेस्टीले जनाएको छ ।
सर्वोच्च अदालतले सन् २०१४ र २०१५ मा जारी गरेको आदेशवमोजिम बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र मापदण्डअनुरुप संशोधन सरकारले नगरेकोप्रति एम्नेस्टी असन्तुस्टी जनाएको छ ।

नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एक पक्राउ

सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

सामुदायिक वनद्वारा जीविकोपार्जनका लागि पञ्चेबाजा तालिम

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

दलित युवालाई उद्यमी बनाउन सीप सिकाउँदै तमानखोला गाउँपालिका
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_HcarxtzJiA_b4x6zs0xm4zuo2nalphwcjmcidxjwhfkxwoxrxr01u0hhlepeao4r2itbor2.jpg)
अत्यधिक वर्षा हुन सक्ने चिनियाँ प्रहरीले पठायो खबर, सिन्धुवासीलाई सतर्कता अपन…

प्रतिक्रिया