वैशाख २३ मा कार्मको ‘षट्कोण’

काठमाडौँ- साइकोलोजिकल थ्रिलर सिनेमा ‘षट्कोण’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा आगामी वैशाख २३ गतेबाट प्रदर्शन आउनेछ । सिनेमाको सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य अभिनेता कर्मालाई प्रस्तुत गरिएको छ ।
क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा निर्देशक मिलन डि काप्री हुन् । उनले यही सिनेमाबाट निर्देशनमा डेव्यू गर्दैछन् । कोरोना महामारी अगाडि नै निर्माण भएको सिनेमाको सम्पूर्ण काम सकेर रिलिज मिति घोषणा गरिएको निर्देशक काप्रीले बताए ।
सिनेमामा कार्मका अलावा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बू वानेमको अभिनय रहेको छ । शिशिर लिम्बू वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् ।
सिनेमामा आङ्चेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीले सम्पादन छ । यो सिनेमालाई वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया