जोखिम भत्ता नपाएको भन्दै नारायणी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

वीरगन्ज : कोभिड–१९ महामारीका बेला खटिए बापतको जोखिम भत्ता अहिलेसम्म पनि नपाएको भन्दै वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरू विरोधमा उत्रिएका छन् । जोखिम भत्ताको रकम सरकारले अस्पतालको खातामा पठाइसकेको भए पनि अस्पताल प्रशासनले वितरण नगरेकाले विरोधमा उत्रनु परेको नारायणी अस्पतालका डा. उदयनारायण सिंहले बताए । महामारीका बेला ज्यानको समेत प्रवाह नगरी घरपरिवारबाट महिनौसम्म टाढा बसेर काम गरेको भए पनि अहिलेसम्म भत्ता जोखिम भत्ता नदिइएको उनको भनाइ छ ।
अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीगरी करीब ४ सय जनाले साउनदेखि यताको जोखिम भत्ता पाएका छैनन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संजय ठाकुरले भने जोखिम भत्ता अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीले माग गरेका कारण वितरण गर्न समस्या भएको बताए । जोखिम भत्ताको लागि कोभिडका बेला काम गर्ने कर्मचारीको डिउटी प्रमाणित गर्न एउटा समिति पनि बनाइएको र उतm समितिले डियुटी प्रमाणित गरेर दिए लगतै वितरण हुने उनको भनाइ छ ।

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रतिक्रिया