दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गर्ने एन्फाको निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनका लागि श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।
मंगलबार बसेको एन्फाको २० औं साधारणसभाले दवाडीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।
रामचन्द्र गौतम सहसंयोजक, दामोदर भट्टराई सदस्य, सरस्वती श्रेष्ठ तथा प्रिती कार्की वैकल्पिक सदस्य रहेका छन् ।
त्यसैगरी निर्वाचन पुनरावेदन समितिको संयोजकमा विष्णु लुईटेल, सहसंयोजकमा सुधा रिजाल, सदस्यमा केशरमणी अर्याल तथा वैकल्पिक सदस्यमा यज्ञ बहादुर राणा र हरि प्रसाद इग्नाम रहेका छन् ।
बैठकले अध्यक्षको उम्मेदवारका लागि १५ हजार वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको लागि १० हजार तथा सदस्यका लागि ५ हजार शुल्क निर्धारण गर्ने निर्णय पारित गरेको छ ।
निर्वाचनको निरिक्षकहरुमा खेलाडी संघका अध्यक्ष राजेश मानन्धर, महिला संघका अध्यक्ष वृन्दा देवान तथा संखुवासभा जिल्ला फुटबल संघका प्रतिनिधि गौरीमान राई रहने निर्णय पनि पारित गरिएको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया