घरभित्रको धुवाँमुक्त गाउँमा परम्परागत चुलो

तेह्रथुम- साँघुरो घर । घरैभित्र धुवैँधुवाँ । खाना पकाउन बलिरहेका दउरा । गाईवस्तुलाई खोले पकाएका भाडाहरू । धुवाँले निस्सासिँदै बिहान बेलुकी दैनिकी बिताइरहेका छन्, तेह्रथुम छथर गाउँपालिका ४ फाक्चामारा सिर्जनाटोलका नागरिकहरू ।
यो टोलमा कसैको घरमा सुधारिएको चुले छैन । सुधारिएको चुला नहुँदा परम्परागत चुलाे नै प्रयोग गर्दै आएको पुकिमाया मग्रातीले बताइन् । ‘सुधारिएको चुलाे बनाएको छैन । हामी पितापुर्खाले जे प्रयोग गर्दै आएका थियाैँ, त्यै चुलो नै प्रयोग गर्दै आएका छौँ । सुधारिएको चुलोकाबारे हामीलाई राम्रो ज्ञान पनि छैन, त्यसैले पनि बनाएका छैनौँ,’ उनले भनिन् । पुकिमायाजस्तै तिलमाया मग्राती पनि परम्परागत चुलाे नै प्रयोग गर्दै आएकी छिन् । ‘घरमा एक्लो छु, बनाउने मान्छे पनि छैनन् । पैसा पनि छैन । धुवाँले आँखाभरि आँशु झार्दै भए पनि यही चुलाेमा खाना पकाउँदै आएका छौ,’ उनले भनिन् ।
केही वर्षअघि राष्ट्रिय अभियान रूपमा घरभित्रको धुँवामुक्त बनाउने प्रयासमा केही घरमा चुला नबनाइएका भने होइनन् तर,प्रयोगमा आउन सकेनन् । दलित तथा जनजाति बसोबास रहेको यो टोलमा छथर गाउँपालिकाको आर्थिक सहयोगमा देउराली सोसाइटी तेह्रथुमले पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरेको सोसााइटीका निर्देशक कपिलदेव सिंघकले बताए ।
उनका अनुसार यो टोललाई नमुना टोल बनाउने उद्देश्यका साथ टोलमा घर संख्या, शौचालय तथा सुधारिएको चुलाहरूको तथ्यांक संकलन गरिएको छ । २८ घरधुरीको रहेको यो टोलमा पाँच घरमा अझै शौचालन नै छैन । पाँच घरमा पक्की शौचालय भए पनि १८ घरमा भने कच्ची शौचालय मात्र छन् । खुला दिशामुक्त जिल्ला घोषणा गरेको पनि ६ वर्ष बितिसक्दा पनि अझै शौचालन बनाएका छैनन् ।
शौचालय नै नभएपछि पूर्ण सरसफाइमा समेत समस्या देखिएको छ । सरकारले शौचालय तथा चुलाे निमार्णका लागि दिएको अनुदान कार्यक्रम अनुगमन फितलो भएका कारण पनि यस्तो समस्या भएको सरोकारवालाहरूले बताउने गरेका छन् । सरकारले राष्ट्रिय अभियानलाई औपचारिकता मात्र समिति बनाएको जस्तै देखिएको छ । अभियानलाई अभियानमा मात्र सीमित नराखी निरन्तरताको लागि योजना निमार्ण गर्न आवश्यक देखिन्छ ।
न्युज कारखाना

नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एक पक्राउ

सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

सामुदायिक वनद्वारा जीविकोपार्जनका लागि पञ्चेबाजा तालिम

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

दलित युवालाई उद्यमी बनाउन सीप सिकाउँदै तमानखोला गाउँपालिका
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_DowYJIYkJp_rypgjwqulcl7me8joqinfol92cqlemstmcjayk7fevbkx4qj8sv3xnz2fi4u.jpg)
अत्यधिक वर्षा हुन सक्ने चिनियाँ प्रहरीले पठायो खबर, सिन्धुवासीलाई सतर्कता अपन…

प्रतिक्रिया