मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम अनुमोदन

काठमाडौं– संसदीय सुनवाइ समितिले सर्वोच्च अदालतका न्यायाधीशमा तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ। मंगलबार बसेको बैठकले श्रेष्ठको नाम अनुमोदन गरेको हो ।

समितिले आह्वान गरेको समयसीमाभित्र कुनै पनि उजुरी परेको थिएन ।