मन्त्री थापाको तलब सुविधा सामाजिक कार्यमा

पोखरा- गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारबाट पाएको तलब सुविधा सामाजिक कार्यमा खर्च गरेका छन् । आफू निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेअनुरुप निर्वाचित भएदेखि सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले मार्फत जानकारी दिए ।
उनले २०७७ साल माघदेखि २०७८ फागुन मसान्तसम्म बैठकभत्ता, मासिक पारिश्रमिक र अन्य सुविधावापतको रकम विकाश निर्माण र सामाजिक कार्यमा खर्च गरेका हुन् । उक्त समयमा राज्यबाट उनको बैंकमा १३ लाख ६६ हजार ३ सय ६० रुपैयाँ जम्मा भएको थियो । भने उनले सोही अवधिमा १४ लाख ८६ हजार ९ सय ७ रुपैयाँ बराबरको विकाश खर्च र सामाजिक कार्य गरेको उनले जानकारी दिए ।
‘यो रकम बैठकभत्ता देखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधा समेतको हो,’ उनले भने, ‘सामाजिक कार्य अन्तर्गत क्यान्सर पीडित, दलित बस्तीमा खानेपानी लगायतमा खर्च गर्दा आफूलाई आत्मसन्तुष्टी हुने गरेको छ ।’ उनले राजनीति आफ्ना लागि सेवा भएको जिकिर गरे ।
राजनीतिलाई पेशाका ठानेर आर्थिक उपार्जन गर्नेभन्दा पनि निस्वार्थ रुपमा जनताको सेवा गर्नु आफ्नो मुल ध्येय रहेको उनले बताए । उनले मन्त्री भएपछि प्रदेश सरकारबाट प्राप्त निवासको सुविधा पनि नलिएको जानकारी दिए ।

अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

मौसम विभागले भन्यो: सिन्धुपाल्चोकको माथिल्लो जलाधार क्षेत्रमा मनसुनको प्रभाव कम…

नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एक पक्राउ

सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

सामुदायिक वनद्वारा जीविकोपार्जनका लागि पञ्चेबाजा तालिम

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

प्रतिक्रिया