सलमानको चिन्ता –दक्षिण भारतमा हाम्रा फिल्म किन चल्दैनन् ?

मुम्बई - दक्षिण भारतीय फिल्मको एकपछि अर्को सफलता बलिउडको टाउको दुखाइ बन्न थालेको छ । खासगरि अल्लु अर्जुन अभीनित ‘पुष्पा’ले हिन्दी भाषी दर्शकबाट मात्र सय करोड उठाएर लगेपछि दक्षिण भारतीय फिल्म र बलिउड फिल्मको तुलना हुन थालेको छ । कंगना रनावतले दक्षिणका फिल्ममा परिवार प्रेम र संस्कारको जरालाई रोचक तरिकाले प्रस्तुत गर्ने हुनाले दर्शकले रुचाएको निष्कर्ष निकालेकी थिइन् ।
यता सलमान खानले भने बलिउड फिल्मले ‘हिरोइज्म’ छविसहितका सिनेमा निर्माण गर्न छाडेकाले दक्षिणका फिल्मले बलिउडको बजार कब्जा गर्न लागेको बताएका छन् । ‘दक्षिणका फिल्मले सधैँभरि हिरोइज्मलाई विश्वास गरेको देखिन्छ । तर एकाधबाहेक हामीले आजभोलि त्यस्ता सिनेमा बनाउँदैनौँ । हामीले पनि फेरि हिरोइज्म भएका सिनेमा निर्माण गर्न थाल्नुपर्छ,’उनले एक कार्यक्रममा भने, ‘अहिले बलिउडमा म मात्र छु जसले त्यस्ता फिल्म खेलिरहेको छु । तर मानिसहरू आजभोलि यति जान्ने भएका छन् कि म क्लिसेड भएको टिप्पणी गर्छन् । ’
सँगै उनले दक्षिणका फिल्म यता भरमार चल्न लाग्दा हाम्रा फिल्म किन चल्दैनन् ? भन्ने प्रश्न पनि गरेका छन् । उनले हिन्दीमा सलिम जावेदको लेखनमा यस्ता फिल्म बनेको स्मरण गर्दै दक्षिण भारतले यो शैलीलाई नयाँ उचाइमा लिएर गएको टिप्पणी गरेका छन् । ‘पुष्पा’पछि ‘आरआरआर’ले पनि हिन्दी भाषामा रेकर्ड तोड कमाइ गरिरहेको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया