श्रीमान् बचाउन प्रहरीसँगै भिख मागिरहेकी सीता
'कोही बुझेर पैसा दिन्छन्, केहीले भने मुख चलाउँछन्'

काठमाडौँ - जडिबुटी चौकको ट्राफिक जाममा 'लैङ्गिक हिंसा नियन्त्रण तथा पीडित उद्धार घुम्ती' प्रहरी लेखिएको भ्यान थियो। झ्यालबाट प्रहरीहरू टाउको निकालेर हेरिरहेका थिए । कोही बोलिरहेका देखिन्थे । कोही भने पैसा दिइरहेका थिए ।
'दुई दिन भयो पेटमा अन्न परेको छैन । नानी भोकै छे', प्रहरीको भ्यान छेउमा उभिइरहेकी सीता पाख्रिन भनिरहेकी थिइन् । उनलाई भ्यानभित्र रहेका केही प्रहरीले झ्यालबाट पैसा दिए । पैसा दिएपछि प्रहरीको भ्यान पनि जामबाट अगाडि बढ्यो । सीता पनि छोरीलाई हातले तान्दै किनारा लागिन् ।
चैतको चर्को घाममा उनी सडकको बिचमा ओहोरदोहोर गर्छिन् । सानादेखि ठूला सवारीसाधनहरू आफ्नै गतिमा चलिरहेका छन् । गाडीका आवाजसँगै उनको आवाज पनि चर्को सुनिन्छ । सार्वजनिक यातायातभित्र रहेका यात्रुहरूले उनलाई एकनास हेरिरहन्छन् । सडक यात्रा गर्नका लागि मात्र होइन, पैदल र जीवन याचनाका लागि पनि हो भनेर आभास दिलाइरहेको थियो ।
ट्राफिक जाममा परेका मोटरसाइकल चालकहरू छेउमा गएर आफ्नो क्षमताअनुसार रकम सहयोग गर्थे । 'तपाईलाई धन्यवाद छ' झोलामा पैसा राख्दै उनले भन्थिन् । भक्तपुर सडकखण्डको जडिबुटीमा केही वर्षयता उनी पानी बिक्री गर्दै आइरहेकी थिइन् ।
मुलपानी बस्ने पाख्रिनले केही वर्षअघिदेखि पानी बिक्री गरिरहेकी थिइन् । आर्थिक अवस्था कमजोर रहेकाले पानीको सहारामा जीवन चलाउन सडकमा पुगिन् । उनको चारै जना सन्तानले विद्यालयको आँगन टेकेका छैनन् । पढाउन रहर भए पनि कसैलाई पढाउन नसकेको उनी बताउँछिन् ।
दैनिक दुई कार्टुन पानी बिक्री गर्दा दुई सय रुपैया आम्दानी हुने सीता बताउँछिन् । 'माग्न रहर नभइ बाध्यताले आउने गरेकी छु,' उनी भन्छिन्', दुई महिनादेखि घरभाडा तिरेको छैन ।' कोठाभाडा ४५ सय रुपैयाँ तिर्छिन् ।
सीताले पानी किन्ने पैसा नसकेर बिक्री गर्न छोडेकी छिन् । पानी मात्र किन्न सकेकी छैनन् । श्रीमानको उपचार खर्च समेत उनीसँग छैन । 'बुढा मुटुको उपचार गर्न केएमसी अस्पतालको ८१९ नम्बरको बेडमा सानो छोरासँग सुतिरहेका छन्',आँसु पुछ्दै उनले भनिन्,' केही मानिसले बुझेर पैसा दिन्छन् । केहीले भने मुख चलाउँछन् । मैले आफ्नो श्रीमानको उपचारका लागि माग्नुपरिरहेको छ । अस्पतालमा नभएको माग्न आउँदिन थिएँ ।'
अस्पतालले उनलाई आज जसरी पनि औषधि खरिद गर्न पाँच हजार रुपैयाँ जुटाउन भनेको छ ।' श्रीमानको उपचार गर्नलाई सडकमा हात फिँजाउनु परेको व्यथा उनले सुनाइन् । सडकमा बसेर भेला पारेको पैसा औषधि किन्दैमा सकिने उनले बताइन् । 'छोराछोरीलाई खाना खुवाउन पनि एकदमै गाह्रो भएको छ', उनले आफ्नो पीर सुनाइन् ।
दोलखा चरिकोट घर भएकी उनका चार सन्तान छन् । बुढा यताउति भए सन्तान कसरी पाल्ने चिन्तामा उनी छिन् । सीताले कक्षा दुईसम्म पढेकी छिन् । दुई छोरा र छोरीको आमा सीतालाई आफ्नो भन्दा पनि श्रीमान र सन्तानको चिन्ता छ । तर, उनका कुनै पनि सन्तानले विद्यालय टेकेका छैनन् ।
विवाह गर्दा उनका श्रीमान ड्राइभिङ गर्थे । घरमा आमा बिरामी भएपछि श्रीमान (सुशिल) काम छोडेका थिए । उपचारकै क्रममा आमाको मृत्यु भएपछि उनले ड्राइभरको जागिर पनि गुमाए । परिवारको अवस्था बिग्रँदै गयो ।
शुसिलले श्रमिकको काम गरी दुखः सुख परिवारको गुजारा चलाइरहेका थिए । अचानक छाती दुख्न थालेपछि अस्पताल गए । मुटुमा समस्या देखिएपछि उनले घर बनाउने काम पनि छोडे । श्रीमानको उपचार गर्न खर्च जुटाउनका लागि झोला थाप्नुपरिरहेको परिरहेको सीताको भनाइ छ ।

नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एक पक्राउ

सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

सामुदायिक वनद्वारा जीविकोपार्जनका लागि पञ्चेबाजा तालिम

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

दलित युवालाई उद्यमी बनाउन सीप सिकाउँदै तमानखोला गाउँपालिका
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_whG8Z2TPaB_i4gzlo2fqt8wfbhonebl7ctwpigetgbudidqbtnheh18k3kjgp2klhxxop5a.jpg)
अत्यधिक वर्षा हुन सक्ने चिनियाँ प्रहरीले पठायो खबर, सिन्धुवासीलाई सतर्कता अपन…

प्रतिक्रिया