डोल्पामा ६५ वडा, ६६ मतदानस्थल

जाजरकोट- ६५ वडा रहेको डोल्पामा ६६ मतदान स्थल र ६६ वटै मतदान केन्द्र रहेका छन् । उपल्लो डोल्पाका केही पालिकाको मतदाता संख्या एक हजार समेत छैन । आधा समय हिउँले सेताम्य हुने उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाको मतदाता संख्य नौ सय ६७ मात्र छ ।
चीनको सीमानासँग जोडिएको उक्त पालिकाका सर्वसाधारण आधा समय चिसो छल्न बेँशी तिर झर्ने गर्छन । जाजरकोटको नलगाड नगरपालिका-८ को मतदाताभन्दा करिब दुई तिहाइ कम मतदाता रहेको छार्काताङसोङ गाउँपालिकामा चुनाव जित्नका लागि तीन सय ५० भोट ल्याए पुग्ने देखिन्छ ।
पुरुषको भन्दा महिलाको जनसंख्या बढी रहेको यो पालिकामा चुनाव गराउन पनि हेलिकोप्टर प्रयोग हुँदै आएको छ । महिला मतदाताको संख्या पाँच सय १६ र पुरुष मतदाताको संख्या चार सय ५१ मात्रै छ । ६ वडा रहेको यस गाउँपालिकामा ६ वटै मतदानस्थल र ६ वटै मतदान केन्द्र रहेकाे जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्कीले बताए ।
२०७४ सालको स्थानीय तहको निवार्चनमा शे-फोक्सुण्डो गाउँपालिकाका नाै वडा वडाध्यक्ष, वडा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत निर्वाचित भएका थिए । छार्काताङसोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष मात्रै निर्वाचन भएको थियो भने डोल्पोबुद्ध गाउँपालिकाको अध्यक्षमा मात्रै निर्वाचन भएका थियो ।
डोल्पोबुद्ध गाउँपालिकाका मतदाताको संख्या एक हजार एक सय ८९ छ । ६ वडा रहेको डोल्पोबुद्ध गाउँपालिकामा पनि ६ मतदान स्थल र ६ वटै मतदान केन्द्र छन् । यहाँ महिला मतदाताको संख्या ६ सय १७ र पुरुष मतदाताको संख्या पाँच सय ७२ छ । जगदुल्ला गाउँपालिकाको मतदाता संख्या एक हजार ६ सय ९६ छ ।
दुई नगरपालिका र ६ गाउँपालिका रहेको डोल्पामा २२ हजार चार सय ४० मतदाता छन् । यसमा महिला मतदाताको संख्या बढी छ । ११ हजार ३ सय ७९ महिला मतदाता रहेको डोल्पामा पुरुष मतदाताको संख्या ११ हजार ६१ मात्रै छ । त्रिपुरासुन्दरी नगरपालिकामा सबभन्दा बढी ६ हजार एक सय ६२ छ । उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको मतदाता संख्या पनि दुई हजार पुगेको छ । यहाँ एक हजार नाै सय ९७ मतदाता छन् ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया