भ्यू टावर उद्घाटन गर्दै ओलीले भने- यसबाट नगरवासीले अत्यधिक लाभ लिन्छन्

बुटवल- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् । सो क्रममा उनले बहुउदेश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दावी गरे । यस टावरमा होटल, रेस्टुरेन्ट, कफी सप, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, स्वीमिङ पुल तथा दृश्यावलोकनको समेत व्यवस्था मिलाइको छ ।
टावरको उद्घाटन गर्दै अध्यक्ष ओलीले भ्यू टावरबाट नगरवासीले अत्यधिक लाभ लिनपर्ने बताए । उनको दाबी थियो, 'भ्यू टावर निर्माणपछि नयाँ सोच र विचार सिर्जना भएको छ ।' उनले यसको डिजाइन र निर्माण पनि नयाँ रहेको बताए । उनले भने, 'यसकारण म यस कार्यको प्रशंसा गर्छु । यसले यो क्षेत्रको विकासमा सहयोग पुगोस् ।'
यस्ता खालका नयाँनयाँ कार्यहरू विस्तार भइराख्नुपर्ने उनको भनाइ छ । 'अरु यस्ता नयाँनयाँ कार्यहरू, नयाँ कार्य भन्नाले भ्यू टावर नै बनाउँदै जाउँ भन्ने होइन् । आवश्यकताअनुसार भ्यू टावर होस्, युनिभर्सिटी होस्, मेडिकल कलेज होस् । विकासलाई जसरी तपाईहरू लाग्नु भएको छ यो अत्यन्तै खुशीको कुरा हो' ओलीले भने ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया