बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

ओलीले गरे १० तले 'भ्यू टावर'को उद्घाटन

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यूटावरको उद्घाटन गरेका छन् ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ स्थित शंकर नगरमा निर्मित १० तले टावरको मंगलबार अध्यक्ष ओलीले उद्घाटन गरेका हुन् । 

साढे ११ करोड रुपैया लागतमा टावर तयार भएको हो । कूल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको भ्यू टावरको पहिलोदेखि छैटौँ तलासम्म व्यावसायिक प्रयोजन हुनेछ भने बाँकी तलाबाट दृश्यावलोकन हुनेछ ।

लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । सो भ्यु टावरबाट भारतको गोरखपुरसम्म देख्न सकिने छ ।