मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

ओलीलाई हटाउन ढिलो नगरौँ भन्दै बाबुरामले भने- अगाडिको बाघलाई पहिले लघारौँ पछाडिका स्यालहरूसँग लड्दै गरौँला

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल हटाउनुपर्ने बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र देशका लागि ओली घातक रहेको भन्दै भट्टराईले तत्काल हटाउनुपर्ने बताएका हुन् । ओलीलाई प्रधानमन्त्री पदबाट हटाएपछि मात्रै अरु कुराको समाधान निस्कने पनि उनको भनाई छ ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले ओलीलाई पदबाट हटाउने विषयमा गल्ती र ढिलाई गर्न नहुने पनि बताए ।

‘ऐलेको यक्ष प्रश्न को सँग सत्ता समीकरण गर्ने वा को बाट तत्काल बढी लाभ लिने भन्ने हुँदै होइन । अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्ग प्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो’ भट्टराईले ट्वीटरमा लेखेका छन् ‘अगाडि आएको बाघलाई पहिले लघारौ । पछाडिका स्यालहरूसँग लड्दै गरौंला । कुनै गल्ती नगरौं ।’