आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

औषधि उत्पादक संघले भन्योः ५०० एमजीको पारासिटामोललाई निरन्तरता दिन्छौ

फाइल तस्बिर

काठमाडौँ-  नेपाल औषधि उत्पादक संघले पाँच सय एमजीको पारासिटामोल उत्पादनलाई निरन्तरता दिने भएको छ । ५०० एमजीको सिटामोललाई विस्थापित गरी ६५० एमजीको सिटामोल उत्पादन गर्ने कुरा भ्रमपूर्ण रहेको संघले जनाएको छ ।

संघले जारी गरेको सूचना लेखिएको छ,'  ६५० एमजी उत्पादन गर्न अनुमति प्राप्त भएकाले ५०० एमजी अभाव नहुने भएकाले आवश्यकता अनुसार ६५० एमजी उत्पादन गर्छौ ।'

कोभिड-१९ महामारीको समयमा नेपाल तथा विभिन्न राष्ट्रमा चिकित्सकहरूको सुझाव अनुसार ६५० र १००० एमजी डोजको पारासिटामोल आवश्यक महशुस गरी प्रयोग गरिएको संघले बताएको छ ।

औषधि व्यवस्था विभागले गत १० गते ६५० एमजीको पारासिटामोल उत्पादन गर्ने अनुमति प्रदान गरेको थियो । विभिन्न रोगहरूमा ६५० एमजीको पारासिटामोलको आवश्यक रहेकाले औषधि अभाव हुन नदिने संघको उद्देश्य रहेको  छ । आवश्यकता  र बिरामीको प्रकृतिअनुसार प्राविधिक रुपमा सक्षम रहेको संघले प्रष्ट पारेको छ ।