सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

यस्ताे देखियाे नरदेवी जात्रा [ फाेटाे फिचर ]

काठमाडौँ – काठमाडौँको नरदेवीस्थित श्री ङ्यतभुलु अजिमामा जात्रा सुरु भएको छ । धार्मिक परम्पराअनुसार आइतबार राति १२ वर्षे जात्रा सुरु भएको हो। नरदेवीको ङतपाचोस्थित ङ्यतभुलु अजिमा द्योछेंबाट आइतबार राति देवगणसहितको देवीनाच प्रदर्शनसहित नगर परिक्रमा गराइएको थियो।

देवगण ङतपाचोस्थित ङ्यतभुलु अजिमा द्योछेंबाट नरदेवी, टेंगल, न्ह्यःखा, थाय्मदु, न्हाय्कंतला, असन, बालकुमारी, जनबाहाल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका दरबारबाट मरु, चिकंमुगल, जैशीदेवल, कोहिति, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, यटखा हुँदै पुनः नरदेवी ङ्यतभुलु अजिमा द्योछें फर्कन्छन्।