सबै टावर ठडिए, १३२ केभीमा चार्ज हुने
काठमाडौं – काठमाडौं–मर्स्याङ्दी २२० केभी प्रसारण लाइन आयोजनामा स्थानीयको विरोध मत्थर भएपछि दुई वर्षदेखि अड्केको दुईवटा टावर गाड्ने काम पूरा भएको छ । अब यो लाइनमा हाललाई १३२ केभीमा चार्ज गर्ने तयारी विद्युत् प्राधिकरणले गरेको छ ।
मर्स्याङ्दीदेखि काठमाडौंको मातातीर्थसम्म कूल दुई य ३१ टावरमध्ये धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ७ वुङचुङस्थित पिपलटारमा स्थानीयले दुईवटा टावर विगत दुई वर्षदेखि गाड्न दिएका थिएनन् ।
प्राधिकरणको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तारा प्रधानका अनुसार दुई साताअघि ती बाँकी रहेका दुईवटा टावर ठड्याउने काम पूरा भएको छ । स्थानीय वासिन्दाका केही मागलाई सम्बोधन गरेपछि उनीहरु सहमत भएको वडा अध्यक्ष लक्ष्मण खतिवडाले सोमबार टेलिफोनमा इकागजलाई बताए । ‘स्थानीय सडक निर्माण, क्षतिपूर्ति र दोहो¥याएर नापजाँच गर्न आयोजना सहमति भएपछि स्थानीय वासिन्दा पनि राजी भए’ खतिवडाले भने ।
निर्देशनालय प्रमुख प्रधानले अबको एक दिनमा यो लाइनमा हाललाई १३२ केभीमा चार्ज गरिने बताए । मातातीर्थ र मार्कीचोकमा १३२÷२२० केभीका सवस्टेशन निर्माणको काम पूरा नभएकाले १३२ केभीमौ चार्ज गरेर मर्स्याङ्दी कोरिडरबाट २०० मेगावाटसम्म बिजुली सिधै काठमाडौं ल्याउन सकिने प्रधानले बताए । मर्स्याङ्दीमा प्राधिकरणले २ वटा नयाँ टावर बनाउँदैछ । यसका लागि प्राधिकरणले साविककै टाटा प्रोजेक्टलाई बनाउन जिम्मा दिएको छ । त्यो टावर खडा भइसकेपछि तनहुँको मार्कीचोकबाट मातातीर्थसम्म विद्युत् ल्याउन (१३२ केभीमा) सहज हुनेछ ।
‘मातातीर्थस्थित माथिल्लो त्रिशुली ‘थ्री ए’ ले बनाएको १३२ केभीको सर्किटमा लगेर जोड्नेछौं’ प्रधानले इकागजसँग भने, ‘सब स्टेशनहरु पूरा भएपछि पुनः २२० केभीमै चार्ज हुनेछ, यसपछि यो लाइनले ८ सय मेगावाटसम्मको विद्युत् प्रसारण गर्न सक्छ ।’ पुरानो मर्स्याङ्दीदेखि काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसम्म साविकको १३२ केभी प्रसारण लाइन पनि रहेकाले मर्स्याङ्दी कोरिडरको विद्युत् काठमाडौं ल्याउन अब समस्या नपर्ने प्रधानको भनाइ छ ।
प्रसारण लाइनतर्फको ठेक्काको सम्झौता सन् २०१६ को जूनमा भारतीय कम्पनी टाटा प्रोजेक्टसित भएको हो । प्रसारण लाइनको लागत दुई अर्ब २० करोड रुपैयाँ अनुमानित थियो । त्यसैगरी तनहुँको आँबुखैरेनीस्थित मार्कीचोक र काठमाडौंको मातातीर्थमा निर्माण हुने ३२० एमभीएको सवस्टेशनको लागित दुई अर्ब १० करोड रुपैयाँमा चीनको सेनजेन फाराड इलेक्ट्रिकसँग सवस्टेशनको सम्झौता भएको थियो । चिनियाँ कम्पनीले काम गर्न नसकेपछि उसको ठेक्का तोडेर प्राधिकरणले नयाँ प्रतिस्पर्धा गराएको थियो ।
यो प्रसारण लाइन निर्माण सम्पन्न नहुँदा माथिल्लो तामाकोसीको बिजुली भरतपुर हुँदै अन्यत्र प्रवाह गर्न सकिंदैन । मर्स्याङ्दी कोरिडरमा निर्माण भइरहेका र विद्यमान आयोजना मार्कीचोकबाट काठमाडौं र भरतपुर प्रसारण गर्न सकिन्छ ।
र यो पनि
स्थानीयको विरोध मत्थर, ६ महिनामा पूरा हुने अनुमान
बाँकी २ वटा टावर अब साविककै रुटमा बन्ने

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया