कफी पिउँदा रोग हैन, मुटु जोगाउँछः अध्ययन
एजेन्सी- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र सर्वसाधारणमा चिन्ता बढ्दै गइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो ।
बिहीबार प्रकाशित तीन ओटा अनुसन्धानका सारअनुसार दैनिक दुईदेखि तीन कप कफी पिउनाले मुटुसम्बन्धी रोग, हृदयघात वा मुटुसम्बन्धी समस्या वा कुनै पनि कारणले चाँडो मृत्यु हुने खतरा १०% देखि १५% सम्म कम हुन्छ ।
अध्ययन समूहका वरिष्ठ लेखक डा. पिटर एम किस्लरले एउटा विज्ञप्तिमा भनेका छन्, ‘ कफीले मुटुको धड्कन तीव्र पार्ने हुनाले यो पिउँदा मुटुसम्बन्धी समस्याहरू निम्तिन सक्ने भन्दै कोही चिन्तित छन् । कफी पिउन बन्द गर्ने सामान्य चिकित्सा सल्लाह यहीँबाट आउन सक्छ ।’
सबै तीन अध्ययनहरूमा, किस्टलर र अन्य अनुसन्धानकर्ताहरूले यूके बायोबैंकको तथ्यांक प्रयोग गरेका थिए । यसले कम्तिमा १० वर्षको ५ लाख भन्दाबढी मानिसहरूको स्वास्थ्य अवस्था देखाउँछ ।
यी अध्ययनका लेखकहरूले कफी पिउने र मुटुको समस्या (एरिथमिया) र हृदय रोगबीचको सम्बन्ध पत्ता लगाउन खोजेका थिए ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया