आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

१५ वर्षसम्मका बालबालिकालाई चैत २५ गतेबाट टाइफाइडविरुद्धको खोप लगाइने

फाइल तस्बिर

काठमाडौँ- टाइफाइड विरुद्धको एक डोज खोप चैत २५ गतेदेखि १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाले लगाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने भएको हो ।

खोप लगाउने मिति, निश्चित स्थानको बारेमा बुझ्न नजिकैको वडा कार्यालय र विद्यालयमा बुझ्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । त्यसैगरी, यस खोप अभियान पश्चात नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गरिन्छ । महिना पुगेका सबै बालबालिकालाई एक डोज खोप प्रदान गरिन्छ ।