आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

'रुसी सेनाले चेर्नोबिल सहर छाड्‍यो'

युक्रेन- बासिन्दाहरूको विरोधपछि रुसी सेनाले आणविक प्लान्ट चेर्नोबिलको ठीक बाहिर कब्जा गरेको सहर छाडेको दाबी गरिएको छ ।

रोयटर्सका अनुसार मेयर युरी फोमिचेभले सोमबार एक अनलाइन भिडियो पोस्टमा भने कि सेनाले उनीहरूले गर्न तय गरेको काम पूरा गरिसकेका थिए र स्लाभच सहर छाडेका थिए ।

रुसी सेनाले शनिबार स्लाभ्युटिचलाई नियन्त्रणमा लिएको थियो र मेयरलाई छोटो समयका लागि हिरासतमा लिएको बीबीसीले जनाएको छ ।

तर झण्डा बोकेर सडकमा उत्रिएका सयौं स्थानीय युक्रेनीहरूले उनीहरूको कब्जाको विरोध गरे र पछि उनलाई रिहा गरियो ।