खोटाङमा १ लाख ४३ हजार ७५२ मतदाता

खोटाङ- आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङका १ लाख ४३ हजार ७५२ मतदाताले मताधिकार प्रयोग गर्न पाउने भएका छन् । आगामी ३० वैशाखमा तोकिएको निर्वाचनमा जिल्लाका पुरुष मतदाता ७५ हजार ६ र महिला मतदाता ६८ हजार ७४६ ले मताधिकार प्रयोग गर्न पाउने भएका हुन् ।
निर्वाचन आयोगले २९ बैसाख २०७९ सम्ममा १८ वर्ष पूरा भएका नागरिकलाई समावेश गरेर मतदाताको नामावली आइतबार टुंग्याएको हो । आयोगका अनुसार ऐसेलुखर्क गाउँपालिकामा ११ हजार ४९५, केपिलासगढी गाउँपालिकामा १० हजार ८३८, खोटेहाङ गाउँपालिकामा १५ हजार २४५, जन्तेढुंगा गाउँपालिकामा १० हजार २१३, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १३ हजार ४३१ मतदात छन् ।
यस्तै, बराहपोखरी गाउँपालिकामा ९ हजार ३६४, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३४ हजार ७८, रावाबेँसी गाउँपालिकामा ९ हजार ६१८, साकेला गाउँपालिकामा ८ हजार ५४८ र हलेसी तुवाचुङ नगरपालिकामा २० हजार ९२१ मतदाता कायम भएको आयोगले जनाएको छ ।
१३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिए
आसन्न स्थानीय तहको निर्वाचनका लागि खोटाङमा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन आयोगले ऐसेलुखर्क गाउँपालिकामा १३ मतदान स्थल र १५ मतदान केन्द्र, केपिलासगढी गाउँपालिकामा १३ मतदानस्थल र १५ मतदान केन्द्र, खोटेहाङ गाउँपालिकामा १५ मतदान स्थल र २१ मतदान केन्द्र, जन्तेढुंगा गाउँपालिकामा १२ मतदान स्थल र १५ मतदान केन्द्र, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १३ मतदान स्थल र १८ मतदान केन्द्र तोकेको छ ।
यस्तै, बराहपोखरी गाउँपालिकामा १० मतदान स्थल र १३ मतदान केन्द्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २४ मतदान स्थल र ४४ मतदान केन्द्र, रावाबेँसी गाउँपालिकामा १० मतदान स्थल र १४ मतदान केन्द्र, साकेला गाउँपालिकामा ८ मतदान स्थल र १२ मतदान केन्द्र तथा हलेसी तुवाचुङ नगरपालिकामा१८ मतदान स्थल र २७ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

प्रतिक्रिया