नहरमा बेवारिसे शव भेटियो

कञ्चनपुर : भीमदत्त नगरपालिका-५ महाकाली सिँचाइको उत्तरतर्फको नहरमा आज अन्दाजी ४० वर्षीय युवकको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नहर किनारामा पानीमा दुवै खुट्टाको घुँडा खुम्चिएर जमिन टेकिइ दुवै हात र टाउको समेत नहरको जमिनमा टेकिएको हिलो माटो लागेको अवस्थामा शव फेल परेको हो । 'पानीले भिजेर चाउरी परेको लेउ लागेको अवस्थामा शव फेला परेको छ' उनले भने, 'फेला परेको शवको अहिलेसम्म सनाखत हुन सकेको छैन ।' घटनास्थलमा लाश जाँच मुचुल्का गरी शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । रासस
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया