एनआरएनए युवा उपाध्यक्षमा हिमाल गुरुङ

काठमाडौँ- गैरआवासीय नेपाली संघ(एनआरएनए)काे १० औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय युवा उपाध्यक्षमा युवा व्यवसायी हिमाल गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । करिब दुई दशकदेखि नेदरल्याण्डमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका गुरुङ वर्ष २०२१–२३ का लागि उपाध्यक्षमा निर्वाचित भएका हुन्।
कास्कीस्थित पोखरा महानगरपालिका-२७ रिठ्ठेपानी घर भएका गुरुङले उपाध्यक्ष भएपछि गैरआवासीय नेपालीहरूको भूमिका अझ फराकिलो बनाइ देशप्रति आफ्नो जिम्मेवारी र दायित्व बढेको बताए । विश्वभर छरिएर रहेका नेपाली युवाहरूलाई युवा एकता आजको आवश्यकता रहेको उनको भनाइ छ ।
वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले सहजीकरण गरिदिनु पर्ने उनले बताए । गैर आवासीय नेपालीहरूले नेपालका विभिन्न क्षेत्रमा लगानी गरेर राज्यलाई समृद्ध बनाउन योगदान गरिरहेको उनले बताए । 'संघले १० अर्ब लगानीको वातावरण भित्र्याउन लागेको छ, यसमा सरकारले सहयोग गर्नुपर्छ', गुरुङले भने ।
'आफ्नो कार्यकालमा नेपाली संस्कृतिलाई विदेशमा प्रचारप्रसार गर्न पहल गरिन्छ,' उनले भने,' उपाध्यक्ष जस्तो जिम्मेवारी पदमा रहँदा निभाउने भूमिका सबैका लागि मननयोग्य बनाउने छु । '
विश्वभर फैलिएको एनआरएनएको संस्थागत विकास र संस्थाको भावना अनुरुप एकता आवश्यक रहेको उनले औंल्याए । 'युवा एवं दोस्रो पुस्तालाई नेपालप्रति सामिप्यता, जिम्मेवारी र दायित्व बहन गर्दै अगाडि बढाउने छु,' उनले भने ।
उनले नेपालको समृद्ध र विकासमा सामूहिक लगानी र पर्यटन प्रर्वद्धनमा जोड दिने बताए । नेपाल सरकारसँग समन्वय गर्ने र स्वदेशमा लगानीको वातावरण सृजना गर्न भूमिका खेल्ने समेत प्रतिबद्धता व्यक्त गरे । विभिन्न देशहरूमा नेपालीले भोग्नुपरेको समस्यालाई समाधान गर्न नीतिगत पहलकदमी लिन अग्रसरता लिने उनको भनाइ छ ।
लामो समय संघको अभियानमा आबद्ध गुरुङ नेदरल्याण्ड समितिको सदस्य हुँदै २०१५-१७ मा अध्यक्ष बनेका थिए । उनी २०१७-१९ मा एनआरएनए आईसीसीका सदस्य थिए । उनले यसअघिको कार्यकालमा युवा समितीको संयोजक (कोर्डिनेटर) जस्तो महत्वपूर्ण पद सम्हालिसकेका छन् । गुरुङले संघका हरेक समिति, गतिविधि र अभियानहरूलाई कुशलतापूर्वक नेतृत्व गर्दै आएका छन् ।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया