वन डढेलो सचेतना सप्ताह मनाइयाे

काठमाडाैँ - बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले वन डढेलो सचेतना सप्ताह मनाएको छ । चैत ७ गतेदेखि १३ गतेसम्म वन डढेलो सचेतना सप्ताह मनाएको हो।
नेपालमा केही वर्ष यता वन डढेलो अपवाद वाहेक हरेक वर्षको नियति एवं एक गम्भीर रुपमा देखा परिरहेको र वन डढेलो तथा बढ्दो तापमानको दुश्चक्रिय अन्तरसम्वन्धले थप सामाजिक, आर्थिक तथा वातावरणीय समस्याहरु बढ्दै गएको महसुस भई मन्त्रालयले जिल्लास्थित डिभिजन वन कार्यालयहरुको अगुवाइमा उक्त कार्यक्रम सञ्चालन गरिएकाे हाे ।
बागमती प्रदेशभरका वन क्षेत्रमा डढेलोको मौसमभर निगरानी तथा चनाखो भई कार्यक्रम सञ्चालन गर्नसक्ने वन क्षेत्रको संरचना, आधुनिक सामग्री र दक्ष जनशक्तिको व्यवस्था तथा जवाफदेहिताको प्रणाली विकास गरी स्थानीय स्तरदेखि प्रदेशसम्म प्रभावकारी समन्वयमार्फत स्थानीय सरकार तथा जनसमुदाय, नेपाल प्रहरी, नेपाली सेना तथा राजनैतिक दलहरु समेतको सक्रियता र सहभागितामा कार्यक्रम सञ्चालन हुनु अपरिहार्य रहेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया