मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

प्रधानमन्त्री ओली भन्छन् : सरकारले मार्गदर्शन गर्न नसकेका कारण नेपाल गरिब भयो

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शासकीय अव्यवस्था र सरकारले जनतालाई विकासमा मार्गदर्शन गर्न नसकेका कारण नेपाल गरिब देश भएको बताएका छन् । 

शुक्रबार साँझ बालुवाटारमा उद्योगी व्यवसायीसँगको भेटघाटमा उनले शासकीय अव्यवस्था र सही नीति निर्धारण हुन नसक्नु तथा भएका नीतिको पनि सही कार्यान्वयन हुन नसक्नु लगायतले मुलुकलाई गरिब बनाएको तर्क गरेका हुन् ।

वर्तमान सरकार विकासको गतिमा अघि बढेको र सोही अनुसार पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखेकाले अब मुलुक आधुनिकता तर्फ लम्केने आश्वासन प्रधानमन्त्री दिए । 

‘हामी देश विकास गर्न चाहन्छौँ, यो गरिब हुनै नहुने देश, गरिब हुनै नसक्ने देश, गरिब हुनै नपर्ने देश तर यथार्थमा गरिब छ,’ उनले भने,‘शासकिय अव्यवस्था र जनतालाई विकासमा सरकारले मार्गदर्शन गर्न नसक्नु, सही नीति निर्धारण गरेर त्यसबाटोमा अघि बढ्न नसक्नु ।’

प्रधानमन्त्री ओलीले विभिन्न नीतिगत व्यवस्था सहि बन्न नसक्दा आर्थिक उन्नति हुन नसकेको र देशले विकासका गति समात्न नसकेको तर्क गरे । मुलुकमा पुर्वाधार विकासका पक्षमा उल्लेख्य काम भएको भन्दै इतिहास झल्कने आधुनिकता टल्कने दिशामा नेपाल अगाडि बढेको दाबी गरे ।