ओलीले बोलाएको केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा खनाल-नेपाल समूह नजाने

काठमाडौँ : सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दल र केन्द्रीय कमिटीको बैठकमा एमालेकै माधवकुमार नेपाल समूहले सहभागी नहुने निर्णय गरेको छ । ‘विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने’ नेपाल समूहले गरेको निर्णयमा भनिएको छ ।
ओली समूहले नेकपा एमाले ब्युँतिएपछिको अवस्था बारे छलफल गर्न बैठक डाकेको बताएको छ । नेपाल समूहले केन्द्रीय कमिटीको नाममा गुटका मानिसलाई खबर गरेर फागुन २८ गते गरेको निर्णय खारेज नगरी बैठकमा सहभागी नहुने भनेको छ ।
‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने’ नेपाल समूहको निर्णयमा उल्लेख छ ।
ओलीले केन्द्रीय कमिटीको बैठक दिउँसो १ बजे डाकेका छन् । त्यसअघि बिहान १०ः३० बजे बस्नेछ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया