आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

ट्रकले ठक्कर दिँदा युवतीको मृत्यु

भरतपुर : चितवनमा कुखुराको दाना बोक्ने ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । आज दिउँसो भरतपुर महानगरपालिका-१२ केन्द्रीय बस टर्मिनल नजिकै नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३००१क ०१९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको ना४८प ८७३१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट नवलपुर गैँडाकोट नगरपालिका-१ बस्‍ने २१ वर्षीया रिता शर्मा चालिसे गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । रासस