मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार : महामन्त्री कोइराला

फाइल तस्बिर

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले अबको दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्‍ने दाबी गरेकाछन् । चितवनमा पत्रकारसँगको भेटमा शुक्रबार उनले सरकार परिवर्तनको विषयमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफल भइरहेको बताए । 'माओवादी केन्द्र र मधेशवादी दलबीच भएको छलफल निष्कर्षमा पुग्छ र कांग्रेसको नेतृत्वमा सरकार बन्छ' उनले भने । 

कांग्रेस पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ थियो । माओवादी केन्द्र सरकारमा रहिरहेका कारण केही समय लागेको उनले बताए । 'अहिले माओवादी केन्द्र सरकामा छ,' उनले भने, 'उनीहरु फर्कन्छन् कि फर्कँदैनन् भन्‍ने हेर्नुपर्छ । तर हाम्रो प्रयत्न माओवादी केन्द्रलाई अहिलेको सरकारबाट बाहिर ल्याउने रहेको छ ।' प्रधानमन्त्री ओली नेतृत्वको सरकारले चालेको प्रतिगमनकारी कदमलाई सर्वोच्च अदालतले सच्याइदिएको भन्दै उनले संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए । रासस