नेउवा महासंघ र लगानी बोर्डबीच एफडीआई डेस्क स्थापना गर्ने समझदारी

काठमाडौँ– प्रत्यक्ष वैदेशिक लगानी आकर्षणमा निजी क्षेत्रको सहभागिता र उपस्थिति बढाउन लगानी बोर्डको कार्यालय र नेपाल उद्योग वाणिज्य महासंघबीच एफडीआई डेस्क स्थापना गर्ने समझदारी भएको छ ।
अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माको उपस्थितिमा दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका सीईओ सुशील भट्टले हस्ताक्षर गरेका छन् ।
महासंघका उपमहानिर्देशक गोकर्ण अवस्थीका अनुसार, प्रत्यक्ष वैदेशिक लगानी आकर्षणका लागि यस डेस्कमार्फत् निजी क्षेत्रले उत्प्रेरक (क्याटालिस्ट)को भूमिका निर्वाह गर्नेछ । एफडीआईलाई सहजीकरणका साथै प्रवर्धन पनि गरिने उनले बताए ।
‘यस वर्ष मासिक औसत वैदेशिक लगानी २ अर्ब रुपैयाँ रुपैयाँ हाराहारीमा छ । यो अत्यन्त न्यून हो,’ उनले भने, ‘पूर्वाधार र उत्पादनका क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर प्रविधि, सीप र रोजगारी बढाउन महासंघको तत्परता सधैं रहीआएको छ । एफडीआई डेस्क त्यसैको उपज हो ।’

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

प्रतिक्रिया