परीक्षणमै सुर्खेत प्याराग्लाइडिङमा आकर्षण
सुर्खेत : परीक्षणकालमै कर्णालीको राजधानी सुर्खेतमा प्याराग्लाइडिङमा आकर्षण बढेको छ । पछिल्लो दुई महिनादेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १४ स्थित गोठीकाँडा बयलकाँडामा व्यावसायिक प्याराग्लाइडिङको परीक्षण भइरहेको छ ।
सुर्खेतका व्यवसायी पदमबहादुर शाहीले पोखराबाट तीन जना पाइलट ल्याएर सुर्खेतमा व्यवसायिक प्याराग्लाइडिङको परीक्षण सञ्चालन गरेका हुन् । पाइलट किरण सुनुवारका अनुसार अहिलेसम्म दुई सयभन्दा धेरै जनाले प्याराग्लाइडिङ उडान गरेका छन् ।
जसमा एकैदिन ३३ जनासम्मले प्याराग्लाइडिङमा यात्रा गरेको उनले सुनाए । सुर्खेतमा ६ जनासम्म पाइलट आएपनि अहिले दुई जनाले मात्रै नियमित प्याराग्लाइडिङ उडान गरिरहेका हुन् । परीक्षण समय भएपनि प्याराग्लाइडिङमा आकर्षण बढ्दै गएको उनको भनाइ छ । अहिले दैनिक यात्रा गर्ने यात्रुसँगै प्याराग्लाइडिङ हेर्ने मानिसहरुको दैनिकजसो बयलकाँडामा भीड लाग्ने गरेको छ ।
अहिले एक जना यात्रुले उडान गरेबापत तीन हजार पाँच सय रुपैयाँ शुल्क लिने गरिएको छ । त्यसमा यात्रुको फोटो तथा भिडियो पनि उपलब्ध गराउन थप एक हजार रुपैयाँ लिने गरिएको छ । परीक्षण उडान सफल भएमा सुर्खेतमा व्यवसायिक उडान सुरु गरिने व्यवसायी शाहीले बताए ।
पाइलटले सुर्खेतमा व्यवसायिक उडान सम्भव रहेपनि लगानी थप बढ्नुपर्ने बताएका छन् । सुर्खेतमा यसअघि पनि सोही ठाउँबाट परीक्षण उडान गरिएपनि प्याराग्लाइडिङको व्यवसायिक उडान हुन सकेको थिएन ।

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_lHCEFU3vHe_1ihtkmxxo8kcfnieztumzhlfyhknqzoajjtvc8fafvdogbpxyxjdvfaojq7n.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रतिक्रिया