डाँडादेखि डाँडा जोड्ने पुष्पलाल मध्य पहाडी लोकमार्ग (फोटो फिचर)

म्याङ्लुङ बजार (तेह्रथुम) - करिब १ हजार ८ सय किलोमिटर लामो पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत अहिले पूर्वी खण्डमा धमाधम सडक कालोपत्रे गर्ने काम भइरहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढेको यो सडक लोकमार्गमा तेह्रथुमको बसन्तपुरदेखि म्याङ्लुङ बजारसम्म तीन खण्डमा कालोपत्रेको काम अघि बढेको हो ।
आयोजना अन्तरगत बसन्तपुरदेखि लसुनेसम्मको १० किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय पाँचथरको साइट कार्यालय म्याङ्लुङका सब इन्जिनियर विवश अधिकारीले बताए । यस खण्डमा दुई वर्ष अघिसम्म यात्रा गर्न अत्यन्तै कठिन हुने गरेको थियो ।
त्यसैगरी काँडेदेखि जिरिखिम्तीसम्म ५ किलोमिटर पनि कालोपत्रे अन्तिम चरणमा पुगेको छ । त्यसैगरी जिरिखिम्तीदेखि तेह्रथुम सदरमुकाम म्याङ्लुङसम्मको खण्ड पनि अहिले धमाधम निर्माण भइरहेको अधिकारीले बताए ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग पूर्वमा पाँचथरको चिवाभन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म निर्माणाधीन रहेको छ । स्थानीय जमुना सुवेदीका अनुसार लोकमार्गको दुरावस्था हुँदा सडकमै रोपाइँ गरेर बर्षेनी बिरोध हुने गरेको थियो ।
अहिले सडक कालोपत्रे भएपछि बिरामीहरुलाई एम्बुलेन्समा राखेर अस्पताल पुर्याउन सहज भएको छ । तेह्रथुम सदरमुकाम म्याङ्लुङसम्म सरसामान ढुवानीमा सहज भएको छ । साथै यहाँको उत्पादन धनकुटा हुँदै इटहरी र विराटनगर पुर्याउन पनि सजिलो भएको छ ।
निर्माणाधीन पुष्पलाल मध्यपहाडी लोकमार्ग

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया