सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

सेन्साईको 'नयाँ वर्ष, भाग्यको वर्षा' योजना सार्वजनिक

काठमाडौँ - जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरूको नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै 'नयाँ वर्ष, भाग्यको वर्षा' नामक योजना बजारमा सार्वजनिक गरेको छ ।  सेन्साई ब्रान्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र अन्तर्गत आकर्षक उपहारहरू जित्न सकिने योजना कम्पनीले ल्याएको हो।
 
कम्पनीका अनुसार यस योजना अन्तर्गत ११ जना भाग्यशालीले बम्पर उपहारका साथै अरु आकर्षक उपहारहरू जित्न सक्नेछन् । १  भाग्यशाली ग्राहकले बम्पर उपहारमा यामाहा एफजी बाइक, २ भाग्यशाली ग्राहकहरुले एप्पल म्याकबूक एयर ल्यापटप, ३ भाग्यशाली ग्राहकहरूले एप्पल आइफोन १३ र ५ भाग्यशाली ग्राहकहरूले एप्पल आइप्याड जित्न सकिने छ।        

साथै सेन्साईले आफ्नो विभिन्न सामानहरूमा विभिन्न किसिमका वारेण्टीहरु र निशुल्क डेलीभरी पनि प्रदान गर्नेछ । सेन्साईका सामानहरूको खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई लक्की ड्रमा सहभागी गराउन क्भ्ल्क्भ्क्ष् टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस्.एम.एस् गर्नुपर्नेछ । कम्पनीले यो योजना चैत्र १०, २०७८ देखि सिमित अवधिका लागि लागू गरिएको छ ।