जेठ ६ मा पूजा र आकाशको ‘सम्झना–बिर्सना’

काठमाडौँ - प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ को प्रदर्शन मिति पक्का गरिएको छ । निमेष प्रधानको निर्देशनमा बनेको फिल्म ०७९ को जेठ ६ गते दर्शकमाझ आउने छ ।
आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठको जोडीका साथमा सुनील थापा, शिशिर राणा र छुल्ठिम गुरुङ प्रमुख भूमिकामा छन् । कोरोना महामारीका कारण प्रदर्शन हुन नपाएको फिल्म अब भने दर्शक माझ आउने तयारीमा जुटेको हो । निर्माण युनिटले शुक्रबार फिल्मको नयाँ पोस्टरका साथमा प्रदर्शन मिति घोषणा गरेको हो । नयाँ पोस्टरमा पूजा र आकाशलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।
दार्जिलिङ,सिल्गुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । निर्देशक निमेषकै कथा, पटकथा रहेको फिल्मको सम्वाद लेखनमा उनलाई अभिनेता शिशिर राणाले सघाएका छन् ।
शिव ढकालले खिचेको फिल्मका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व.बिशारद बस्नेत हुन् । आफूहरुले गुणस्तरीय फिल्म निर्माणमा कुनै कसर बाँकी नराखेको निर्माता आदित्य बताउँछन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया