जी-२० बाट रूसलाई नहटाउने पक्षमा ब्राजिल
ब्रासिलिया- ब्राजिलले रूसलाई जी–२० बाट हटाउन रोक्न ‘स्पष्ट रूपमा अडान’ राखेको छ ।
ब्राजिलका विदेश मन्त्रीले कार्लोस फ्राङ्काले भन्नुभयो, “अमेरिकाले यूक्रेनमाथि आक्रमण गरेको आरोपमा यस समूहबाट मस्कोलाई हटाउन दबाव दिएको तर ब्राजिलको यस पक्षमा फरक अडान रहेको छ ।”
विदेश मन्त्री कार्लोस फ्रांकाले बिहीबारको सिनेट बैठकमा बताउनुभयो, “हामीले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामारूसलाई निष्कासित वा निलम्बन गर्ने पहल गरेको र यसको नतिजा देखेका छौँ । त्यसैले ब्राजिलले बहुपक्षीयता र अन्तर्राष्ट्रिय कानुनअनुसार नै आफ्नो परम्परागत अडानको पक्षमा उभिने छ र मस्कोलाई हटाउने पहलको विपक्षमा उभिने छ ।”
अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थव्यवस्थाको संगठन जी–२० समूहबाट रूसलाई हटाउने बिषयमा उभिने वा युक्रेनलाई पनि ‘बैठकहरूमा पनि उपस्थित हुन’ आमन्त्रित गर्ने बताएपछि ब्राजिलको उक्त धारण आएको हो ।
रूसलाई बहिष्कार गर्ने सन्दर्भले जी–२० सदस्यहरूलाई विभाजित गरेको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बालीमा नोभेम्बरमा हुने समूहको शिखर सम्मेलनबाट समूहमा रोक लगाउनुपर्ने बताउनुभएको छ । तर चीनले रूसलाई ‘महत्वपूर्ण सदस्य’ भन्दै मस्कोको पक्षमा देखिएको छ । जी–२० को चक्रीय नेतृत्व (अध्यक्ष) इण्डोनेसिया ‘निष्पक्ष’ रहनेछ ।
फ्राङ्काले भन्नुभयो, “ शान्ति र सुरक्षाका विषयहरूमा बहस गर्ने ठाउँ जी–२० होइन संयुक्त राष्ट्र संघ हो । अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा भनेको सबै अन्तर्राष्ट्रिय मञ्चहरू पूर्ण रूपमा क्रियाशील हुनु हो । यसको अर्थ रूसलगायत सबै देशहरू उपस्थित हुनु हो ।
राष्ट्रपति जाइर बोल्सोनारोले युक्रेन द्वन्द्वमा ब्राजिल “तटस्थ“ रहन जोड दिएपछि ब्राजिलका मन्त्रीको पनि यसै लाइनमा भनाइ आएको हो । (एएफपी)

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया