एभरेष्ट बैंकद्वारा २०७९ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडले २०७९ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाललाई पर्यटकीय सम्भावना बोकेको मुलुकको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले लामो समयदेखि बैंकले नेपाली संस्कृति तथा पर्यटनसँग सम्बन्धित विभिन्न विषयवस्तुलाई समेट्दै आएको छ ।
‘नेपाली साहित्यका चम्किला ताराहरू’ भन्ने नारासहितको क्यालेन्डर २०७९ सालको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले संयुक्त रुपमा अनावरण गरेका हुन् । कार्यक्रममा बागमती प्रदेश प्रबन्धक सन्तोष कुमार भट्टराई र श्री पुष्पराज उप्रेती, प्रमुख–बजार तथा संस्थागत निक्षेप, एभरेष्ट बैंक लिमिटेडका तथा अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया