‘तेलको उद्योग नहुँदा नेपाली महंगीको मारमा छन्’

काठमाडौं– वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले नेपालमा अहिलेसम्म एउटा पनि तेल उद्योग नभएका कारण नेपालीले मंहगी खेप्नुपरेको बताएका छन् । उनले भएका केही तोरीको तेल उद्योग समेत बाहिरबाट अन्य तेल आयात गरेर बेच्ने गरेको दाबी गरे। तेल पनि विदेशबाट नै आयात गर्नु पर्ने अवस्था भएकाले मूल्य वृद्धिको मार खेप्नु परेको उनको भनाइ थियो ।
पछिल्लो समय खाने तेलको मूल्य बढेको भएपनि चामलको मूल्य नबढेको उनले बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुप्ताले खाने तेलको मूल्य बढेको भएपनि चामलको मूल्य नबढेको बताएका हुन्। उनले चामलको मूल्य एक महिना अगाडि जुन मूल्य थियो अहिले पनि त्यही मूल्य रहेको बताए । कुनै व्यवसायीले चामलको मूल्य बढाएर बेचेको भए सरकारलाई तत्काल अनुगमन गर्न आग्रह गरे ।
युक्रेन विश्वको सबै भन्दा बढी तेल निर्यात गर्ने देश हो । ‘त्यहाँबाट हामीले आयात गरेर तेल प्रशोधन गरेर बिक्रि गछौं ।’ उनले भने, ‘हामी आफ्नो तोरीको तेल उत्पादन गरेर प्र्रयोग गर्नुपर्छ ।’ नेपालमा भएका तोरी तेलका उद्योगहरुले समेत अरु तेल आयात गरेर प्याकिङ गरेर बेच्नु पर्ने बाध्यात्मक अवस्था भएको उनको भनाइ छ ।

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

प्रतिक्रिया